मंगलबार, फागुन १२, २०८२

स्वास्थ्य संकटकाल घोषणादेखि लकडाउन गर्नेसम्मका चिकित्सक संघको माग

मेरोन्यूज २०७८ वैशाख १३ गते १८:३३

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य आपतकाल घोषणा लकडाउन गर्न सरकारसँग आग्रह गरेको छ । सोमबार संघले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पनि कोरोनाको दोस्रो लहर आइसकेर नयाँ स्वरुपको कोरोना प्रमाणित भइ संक्रमण तीव्र बन्दै गएकाले लकडाउन गर्न आग्रह गरेको हो ।
‘नेपालमा पनि सेकेन्ड वेभ आइसकेर कोभिडको नयाँ भेरियन्ट प्रमाणित समेत भइ धेरै नागरिकहरुले मृत्युवरण गर्नु परिरहेको परिस्थितिलाई गम्भीर रुपमा लिँदै दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको, स्वास्थ्यकर्मी तथा चिकित्सकहरु नै संक्रमित भएको तथा अस्पतालका बेडहरु समेत कोभिड –१९ का कारण बिरामीहरुले भरिएकाले नेपाल सरकारले अविलम्ब बढी संक्रमित भएका जिल्लाहरुमा मेडिकल इमरजेन्सी घोषणा गरि बन्दाबन्दी गर्दै नागरिकहरुको स्वास्थ्य उपचारलाई सहज बनाउनु पर्छ ’ विज्ञप्तिमा भनिएको छ
संघले अस्पतालहरुमा सघन उपचार शय्या, औषधि र अक्सिजनको अभावले मृत्यु हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेकाले बालबालिका तथा युवा अवस्थाका नागरिकहरु समेत बढी मात्रामा संक्रमित भइरहेकाले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

संघले कोभिड अस्पताल घोषणा गरी संक्रमितलाई छुट्टै उपचार गर्न र फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु अझै पनि कोरोना खोपबाट बञ्चित रहेको हुँदा यथाशिघ्र उपलब्ध गराउन माग गरेको छ

प्रतिक्रिया