आइपिएल खेलमा सट्टाबाजी गर्ने ११ जना पक्राउ

काठमाडौं । भारतमा संचालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपिएल) लगायतका खेलहरुमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ११ जनालाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुबाट सट्टाबाजीमा प्रयोग गरेका १७ थान मोबाइल, नगद २ लाख ९६ हजार रुपैयाँ, डायरी, बेटिङमा हिसाब कितावको लागि प्रयोग भएको कागजातहरु समेत बरामद भएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बनस्थली बस्ने कैलाली धनगढी नगरपालिका-२ घर भएका ३१ वर्षीय अशोक सिंह, काठमाडौं ठमेल बस्ने भारत बिहार घर भएका २९ वर्षीय बिक्रम कुमार जैसवाल, रौतहट गौर नगरपालिका-१ घर भएका २८ वर्षीय राहुल कुमार जैसवाल, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-८ घर भएका ३६ वर्षीय राजु थापा, धादिङ गल्छी गाउँपालिका-२ घर भएका ३१ वर्षीय सन्तोष खतिवडा, लितपुर महानरगपालिका जावलाखेल बस्ने भारत बिहार घर भएका ३१ वर्षीय अंकित कुमार कलवार, काठमाडौं कालिमाटी बस्ने मोरङ विराटनगर महानगरपालिका-३ घर भएका ३० वर्षीय संदिप कुमार मंडल, काठमाडौं महानगरपालिका-२३ बस्ने भारत हिमान्चल प्रदेश घर भएका ४६ वर्षीय सुशील जेस्टा, काठमाडौं लाजिम्पाट बस्ने भारत राजस्थान सुजनगढ थाना घर भएका ३१ वर्षीय पवन कुमार शर्मा, भारत राजसथान घर भएका ३० वर्षीय सुचित अग्रवाल र काठमाडौं जमल बस्ने भारत बिहार घर भएका ४० वर्षीय मुकेश जैसवाल रहेका छन् ।
भारतमा संचालन भइरहेको आइपिएल तथा प्रिमियर लिग फुटबल, लालिगा, सेरि ए लिग, युईएफए च्याम्पियन लिग लगायतका खेलहरुमा सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट अनलाइन बेटिङ गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले भारत लगायत अन्य मुलुक समेतबाट सट्टेबाजी गर्नको लागि युजर आइडी र पासवर्ड लिई कमिसनमा खेल खेलाउने, ग्राहकहरु खोज्ने, हार जित भएका व्यक्तिहरुको रकम लिने(पुर्याई दिने जस्ता कार्य गर्ने गरेको खुल्न आएको छ ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जानकारी दिएको छ ।
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया