ब्राउनसुगरसहित दुई युवा पक्राउ
मेरोन्यूज
२०७८ वैशाख १४ गते ७:२५

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खातीलाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार बेलुकी त्रियुगा नगरपालिका–३ को मिलनचोकको एक स्थानमा ब्राउनसुगर कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सम्बन्धित स्थानमा छापा मार्दा २०० ग्राम ब्राउनसुगरसहित दुई युवालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको प्रहरीले बताएको छ ।
ब्राउनसुगरसहित पक्राउ गरिएका दुवै जनालाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए । (रासस)
सम्बन्धित















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया