संरक्षित जिउँदो उल्लु चरासहित एक जना पक्राउ

बनेपा । प्रहरीले संरक्षित जिउँदो उल्लु चरासहित एक जनालाई पक्राउ गरेको छ ।
धुलिखेल नगरपालिका–९ विपी राजमार्गस्थित काभ्रेभञ्ज्याङमा जाँचका क्रममा उल्लु चरासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।
पक्राउ पर्नेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका–२ भिरकोटका ३४ वर्षीय केशर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
खतिवडाका अनुसार बिपी राजमार्ग सडकखण्डमा विभिन्न सवारी साधन तथा हिँडडुल गर्ने शङ्कास्पद व्यक्तिको जाँचका क्रममा सोमबार दिउँसो भकुण्डेबाट धुलिखेलतर्फ हिँड्दै आइरहेका श्रेष्ठलाई शङ्कास्पदरूपमा फेला पारेपछि जाँचका क्रममा लुकाइछिपाइ ल्याएको जिउँदो उल्लु चरासहित फेला पारेको हो ।
नियन्त्रणमा लिइएका श्रेष्ठलाई बरामद गरिएको चरासहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल पठाइएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया