सत्तारुढ दलबाटै गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

पोखरा । सत्तारुढ दल नेकपा एमालेले गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । प्रदेशसभाको दोस्रो बैठकमा एमाले सांसदले सुरुआतमा उठेर बैठक अवरुद्ध गरेका हुन् ।
पीसीआर परीक्षण नगरी, सामाजिक दूरी कायम नगरी बैठक राखिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । बैठकमा एमाले सांसदहरुले पीसीआर परीक्षण गरिनुपर्ने बताएका छन् । पीसीआर परीक्षण नगरी बैठक राख्दा हुन सक्ने क्षति प्रदेश सभाले व्यहोर्नुपर्ने उनहरुको तर्क रहेको थियो ।
सरकारले १५ जना भन्दा बढी भेला नहुन निर्देशन गरेका बेला प्रदेश सभामा सयौं जना राखेर बैठक राख्न नहुने एमाले सांसद राजीव पहारीले बताए । सोमबारको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले पीसीआर परीक्षण गरेर मात्रै प्रदेश सभाको बैठक राख्न ध्यानाकर्षण गराएका थिए ।
एमालेले सदन अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् । वैशाख २ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्तावमा बुधबार मतदान गर्ने योजना रहेको बताइएको छ । एमालेले बैठक अवरुद्ध गर्दा मतदान नहुने देखिएको जनाइएको छ ।

















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया