वीरको सर्जिकल भवनमा कोभिड वार्ड सञ्चालनमा आउन कम्तीमा दुई साता लाग्ने

काठमाडौं । वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड १९ उपचार युनिट सञ्चालनमा आउन अझै कम्तीमा दुई साता लाग्ने बताइएको छ ।
एक साता अघि संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले वीर अस्पतालको सर्जिकल ब्लकमा कोभिड युनिट सञ्चालन गर्न सैद्धान्तिक सहमति दिएको भन्दै तत्काल २०० बेड सञ्चालनमा आउने बताएका थिए । तर वीर अस्पताल प्रशासनले भने कोभिड वार्ड सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने बताएको छ ।
अस्पतालकी निमित्त निर्देशक डा शान्ता सापकोटाले भनिन्, ‘यहि दिनबाट सेवा सुरु गर्दैछौँ भनेर भन्ने अवस्था छैन् । तर हामीले सकेसम्म छिटो सेवा सञ्चालनमा ल्याउने गरी काम गर्दैछौँ । छिटोमा पनि दुई साता त लाग्छ नै ।’
स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा.गुणराज लोहनीले पनि नयाँ सर्जिकल भवनमा कोभिड युनिट सञ्चालनमा ल्याउन केही समय लाग्ने बताए ।

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया