‘लकडाउन’ हुने भएपछि उपत्यका छाड्ने बढ्यो (फोटो फिचर)

काठमाडौँ । देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट संक्रमण फैलिएसँगै काठमाडौँ उपत्यका छाड्नेको संख्या बढेको छ । काठमाडौँ उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले बिहीबार राति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गर्ने भएपछि काठमाडौँ छाड्नेको भीड बढेको हो ।

तीन जिल्लाका सिडिओहरुले काठमाडौँ उपत्यकामा तीव्र गतिमा कोरोना संक्रमण बढेपछि रोकथाम गर्ने भन्दै १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको थियो । सोमबार गृहसचिव महेश्वर न्यौपानेसहित तीन जिल्लाका सिडिओहरुको बैठक बसी उपत्यकामा लकडाउन गर्ने निष्कर्शमा पुगेको थियो । सुरुमा एक हप्ताका लागि मात्रै लकडाउन गर्ने निर्णय गरे पनि सोमबार साँझ बसेको मन्त्रिपरिसद्को बैठकले २ हप्ता लकडाउन गर्न सूचना जारी गरेको थियो ।

सरकार र प्रशासनको निर्णयसँगै उपत्यका छाड्नेको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्लो दुई दिनमा दिउँसोभन्दा साँझ बिहान उपत्यका छाड्नेको संख्या बढी रहेको छ ।

यसैबीच लामो दुरीमा चल्ने सार्वजनिक गाडीको सिट नपाएको भन्दै यात्रुहरुले गुनासो गरेका छन् । उपत्यका छाड्नेको संख्या बढेसँगै नयाँ बसपार्कमा टिकट अभाव भएको यात्रुहरु बताए ।

सोमबार मात्रै उपत्यकामा एक हजार ५ सय ६७ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै, देशभर तीन हजार ५ सय ५६ जनामा कोरोना पुष्टि हुँदा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।



















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया