कोरोना अपडेट : संक्रिय संक्रमित २६ हजार नाघ्यो, ३९९ जना आइसियू र भेन्टिलेटरमा भर्ना
मेरोन्यूज
२०७८ वैशाख १४ गते १७:३३
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज एकैदिन ४ हजार ५२४ जनामा कोरोना पुष्टि भएको हो ।
देशभर संक्रिय कोरोना संक्रमितमध्ये ३१५ जना आइसियूमा र ८४ जना भेन्टिलेटरमा भर्ना भएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आइसियू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ ।
सम्बन्धित
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया