काेराेना महामारीका बीच चिया निर्यातमा वृद्धि

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणको महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा रु दुई अर्ब ७८ करोड बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएकोमा चालू आर्थिक वर्षको नौ महिनाको अवधिमै रु तीन अर्ब छ करोड बराबरको नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्ले देखाएको छ ।
त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आव २०७५/०७६ मा २५ हजार २०५ मेट्रिक टन चिया उत्पादन हुँदा आव २०७६/०७७ मा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । गत वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर परे पनि अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षेति व्यहोर्नु परेन ।
लकडाउनका बीच पनि स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी बोर्डको अग्रसरतामा चिया बगान र उद्योग सञ्चालनमा रहेका थिए । यस समयमा अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराइले जानकारी दिए ।
बोर्डले भोलि वैशाख १५ गते ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ राष्ट्रिय चिया दिवसको २५ औँ संस्करण मनाउँदैछ । नेपालले धेरै उपभोग्य वस्तु आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी आत्मनिर्भर भएको पनि धेरै भइसकेको छ ।
स्वदेशमा चिया उपभोग गरी बढी भएको उत्पादन भारतलगायतका तेश्रो मुलुकमा निर्यात भइरहेको छ । नेपाली चियाको खपत वार्षिक २०० ग्राम प्रतिव्यक्ति भन्दा कम रहेको अनुमान गरिन्छ । छिमेकी मुलुक भारतमा भने वार्षिक ३३० ग्राम प्रतिव्यक्ति खपत रहेको छ । आन्तरिक खपत वृद्धि गर्न निर्यातका अलावा स्वदेशी बजार विस्तारमा चिया उद्यमी र सरोकारवाला लाग्नुपर्ने उनको भनाइ छ । चियामा पाइने थिफलाबिन तत्वले कोरोना भाइरसको असरलाई समेत रोक्न सहयोग पुग्ने चिया अनुसन्धान सङ्घले जनाएको छ ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
क्रिकेटर करण केसीले गरे बिहे
प्रतिक्रिया