बजेट र जनशक्तिकाे अभावमा कोरोना परीक्षण प्रयोगशाला बन्द

तम्घास । गुल्मीमा स्थापित कोरोना परीक्षण प्रयोगशाला बन्द भएको छ । प्रयोगशाला सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति अभावका कारण बन्द भएको हो ।
गत असोज १ गतेदेखि सञ्चालनमा आएको प्रयोगशाला बजेटको अभावमा बन्द भएको हो । गत वर्ष कोरोनाले महामारीको रुप लिन थालेपछि जिल्लाका स्थानीय तहको सहयोगमा जिल्लामै स्वाब परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशाला अहिले बन्द भएको हो ।
प्रयोगशालामा काम गर्दै आएका चार जनाले कोभिड भत्ता र १० जनाले तलब–भत्तासमेत पाएका छैनन् । जिल्लाका सरोकार पक्षले स्वास्थ्यकर्मीलाई रु ३० लाख भुक्तान गर्न अझै बाँकी छ । शुरुमा तम्घास अस्पतालमार्फत काममा खटिए पनि नियुक्तिपत्र नहुँदा समस्या भएको ल्याब इञ्चार्ज केपी भण्डारीले गुनासो गरे ।
अहिले पनि प्रयोगशाला सञ्चालनमा ल्याउन र कर्मचारीलाई तलब दिने विषयमा कसैले चासो नदिएको उनले बताए । परीक्षण प्रयोगशाला बन्द भएपछि अब स्वाब परीक्षणका लागि पुनः रुपन्देही पठाउनुपर्ने भएको छ । यस सम्बन्धमा रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन नसक्ने प्रतिक्रिया दिए ।
प्रयोगशाला धेरै खर्चिलो हुने र पहिलेकै कर्मचारीलाई तलब दिन नसकिएकाले तत्काल सञ्चालनमा नआउने उनको भनाइ छ । जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले प्रयोगशाला सञ्चालनका लागि प्रदेश सरकारसँग बजेट माग गर्ने र दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि केन्द्रीय सिसिएमसीलाई अनुरोध गर्ने निर्णय गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा अहिले जिल्लामा ७६ सक्रिय सङ्क्रमित छन् भने चारको मृत्यु भएको छ ।















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया