गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा आज भोटिङ होला त ?
प्रस्ताव पास फेल गराउन दलहरु आ–आफ्नै तयारीमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि प्रदेश सभामा अज पनि छलफल हुँदैछ ।
पोखरामा दिउँसो १ बजे बस्ने बैठकमा सो प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । छलफल सकिए आजै पास फेल प्रस्ताव किनारा लगाउने सचिवालयको तयारी छ ।
यसअघि मंगलबारको बैठक सांसदको पीसीआर परिक्षण गर्नुपर्ने भन्दै सत्तारुढ नेकपा एमालले अवरुद्ध गरेको थियो । एमाले सांसद माग अनुसार सांसदको पीसीआर परिक्षण गरेपछि आजको बैठक बस्न लागेको हो ।
सोमबार सुरु भएको गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदले हस्ताक्षर गरी बैशाख २ गते प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
मंगलबारको बैठक एमालेले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठक २० मिनेट स्थगित गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । सो बैठकमा पनि सहमति हुन नसकेपछि आज दिउँसो १ बजे बस्ने गरी प्रदेश सभा बैठक स्थगित भएको हो ।
सरकार ढल्ने निश्चित भएपछि एमालेले सत्ता लम्ब्याउनको लागि पीसीआर परीक्षणको बाहाना बनाउँदै प्रदेश सभा बैठक अवरुद्ध गरेको प्रतिपक्षी दलले आरोप लगाएका छन् ।
एमाले बाहेकका प्रतिपक्षी दल एकजुट भएपछि मुख्यमन्त्री अल्पमतमा पर्ने निश्चित प्राय भइसकेको छ । यसैबीच भोट फ्लोर क्रस हुन सक्ने आकलन सहित विपक्षी दलले आफ्ना सांसदलाई होटलमा राखेका छन् ।
टाढाबाट आउने सांसदलाई आउजाउ गर्न समस्या हुने र सत्तारुढ दलले प्रलोभनमा पार्न सक्ने भन्दै विपक्षी दलले सांसदका लागि होटल बुकिङ गरेका हुन् । माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्ना सांसदलाई पोखरा नछाड्न निर्देशन पनि दिएका छन् ।













विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया