प्रचण्ड पत्नी सीता फेरि अस्पताल भर्ना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाल फेरि अस्पताल भर्ना भएकी छिन् । उनलाई नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
मंगलवार विहान साढे १० बजे उनलाई अध्यक्ष प्रचण्ड सहित अस्पताल पुगेर ओपिडिको ६०४ नम्वरको वेडमा उपचारका लागि भर्ना गरिएको हो ।
उनलाई सोमबार पनि उक्त असपतालमै लगेर स्वास्थ्य परिक्षण गराइएको छोरी गंगा दाहालले वताइन् । उनले भनिन्, – आमालाई २ दिन देखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ । अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ।’
सीताको शरीरमा सोडियमको मात्रा कम पाइएपछि अस्पताल भर्ना गरिएको थियो । यद्यपी, उनको अहिले स्वास्थ्य अवस्थामा सुधार देखिएको छ ।
लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) ’ बाट सीता पीडित हुँदै आएकी थिइन् ।
मंगलवार अस्पताल भर्ना गरिएपछि उनलाई मंगलवार साझ नै प्रचण्ड पार्टी स्थायी समितिको बैठक सकेर अस्पताल पुगी भेट गरेका थिए । आजै विहान पनि प्रचण्डले पत्नी सीताको स्वास्थ्य अवस्था अस्पतालमा पुगेर वुझेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
केही समय अगाडी मात्रै पनि उनको दिल्लीमा उपचार गराईएको थियो ।
















सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया