राष्ट्रिय सभा सदस्य खड्का पदमुक्त
मेरोन्यूज
२०७८ वैशाख १५ गते १३:५५

काठमाडौँ । राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । खड्काले नेकपा माओवादी केन्द्र परित्याग गरेका थिए । माओवादी राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले खड्काको राष्ट्रिय सभा सदस्य पद रिक्त गर्न वैशाख १० गते राष्ट्रिय सभा सचिवालयमा पत्र पठाएका थिए ।
सोहीअनुसार खड्काको पद रिक्त भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जारी गरेको सूचनामा उल्लेख छ। अर्घाखाँचीका खड्काले माओवादी दल त्याग गरेर नेकपा एमाले प्रवेश गरेका छन् । यसअघि गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाही गरेको थियो । थापाको ठाउँमा जेठ ६ गते चुनाव हुँदैछ ।

सम्बन्धित

















म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
रुकुम पश्चिममा जनार्दन शर्मा २ हजार मतले पछि
इलाम–२ एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै
बाँकेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी
आजको मौसम : हिमालमा हल्का वर्षा/हिमपातको सम्भावना
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया