यसरी महामारी बढे हाम्रो स्वास्थ्य प्रणाली थेग्दैन् – डा. पौडेल

काठमाडौं । यदि कोरोनाको कुनै पनि लक्षण देखिएमा तुरुन्तै कोरोना परीक्षण गरिदिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ । अस्पतालमा भर्ना पुगेका ८० प्रतिशतलाई अक्सिजन नचाहिने महाशाखाका प्रमुख डा.कृष्णप्रसाद पौडलले जानकारी दिए ।
कोरोना परीक्षण गर्न स्वाब दिएपछि नमुना परीक्षण रिर्पोट नआउँदासम्म बाहिर नजान उनको सुझाब छ । उनलेभने“पछिल्लो समयमा संक्रमितको संख्या बढ्दा आइसियूको बढ्दो माग छ ।”रोग लाग्नुभन्दा रोग लाग्नुभन्दा अघि नै बच्न उनले अनुरोध छ ।
घर बाहिर सकेसम्म नजान र यदि जानै परेमा अनिवार्य मास्कको प्रयोग गर्न,हात पटक पटक धुन र स्यानिटाईजरको प्रयोग गर्न डा. पौडेलको सुझाब छ । उनले भने,“ प्रयोग गरेका मास्क प्लाष्टिकमा राखेर बाध्न वा बन्द डस्बिनमा राख्न र पाँच दिनमा फोहोरसँग फाल्नुहोला ।”
सबै स्थानिय तहलाई आवश्यक आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्न उनले सुझाब दिए । उनले भने,“ महामारी एकदमै बढ्दै गएको छ यसरी बढ्दै गए हाम्रो स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आउँने देखिन्छ । त्यस कारण सबै सचेत बनेर सबै मिलेर लड्नुपर्ने देखिएको छ ।”












कोरला नाकाबाट दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक नियन्त्रणमा
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया