कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट हावाबाट नसर्ने स्पष्ट पारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार मन्त्रालयले हावाबाट कोरोना भाइरस नसर्ने स्पष्ट पारेको हो ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले अहिलेसम्म कोरोना हावाबाट सर्ने पुष्टि भएको छैन । यो हल्लामा सत्यता नभएको बताए । उनले भने “कोरोना हाच्छ्यिु गर्दा, ठूलो स्वरले बोल्दा, गीत गाउँदा मुखबाट उछिट्टिने थुकको छिटाबाट सर्ने हो हावाबाट सर्दैन ।”
भाइरस आफैं हावामा उड्न नसक्ने उनको भनाइ छ । दुई मिटरको दूरीमा बस्ने, मास्क लगाउने, भिडभाडमा नजाने, सावुनपानीले बेलाबेलाा हात धुने तथा स्यानिटाइजर लगाएको खण्डमा कोरोना संक्रमण नहुने सह–प्रवक्ता अधिकारीले बताए । पछिल्लो केही समय यता कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्न सक्ने हल्ला आम रुपमा फैलिएको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया