संसदीय समिति टोलीद्वारा वीर र पाटन अस्पतालकाे निरीक्षण

काठमाडाैं । संसदीय समितिले वीर र पाटन अस्पतालको निरीक्षण गरी कोभिड–१९ का बिरामीलाई प्रदान गरिरहेको सेवा प्रवाहबारे जानकारी लिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा गएको संसदीय टोलीले आज वीर अस्पताल र पाटन अस्पतालमा कोभिड–१९ का बिरामीको चाप र उपलब्ध सेवाबारे जानकारी लिएको हो ।
टोलीले ती दुवै अस्पतालको जनशक्तिको दरबन्दी, हाल कार्यरत जनशक्ति, सेवा प्रवाह र उपचारमा देखिएको चुनौतीबारे अस्पताल प्रमुखसँग जानकारी लिएको थियो । संसदीय टोलीलाई वीर अस्पतालका कार्यकारी निर्देशक डा शान्ता सापकोटा र पाटन अस्पतालका कार्यकारी निर्देशक डा रवी शाक्यले अस्पतालको भौतिकपूर्वाधार, जनशक्ति र उपलब्ध सेवाबारे जानकारी गराएका थिए ।
अस्पताल व्यवस्थापनले कोभिड–१९ का लागि छुट्याइएका शय्या, व्यवस्थपन गरिएको अक्सिजन, पीपीई र उपलब्ध सेवा सुविधाबारे जानकारी गराएको थियो । वीर अस्पतालले कोभिड–१९ का बिरामीलाई १०७ र पाटन अस्पतालले २५० श्यया व्यवस्थापन गरेको जानकारी दिइएको समितिका सचिव बविता मिश्रले बताए ।
दुवै अस्पताल व्यवस्थापनले कोरोनाका बिरामीको उपचारका लागि चिकित्सकसहित नर्सको बढी आवश्यकता परेको जानकारी गरायो । वीर अस्पतालको अक्सिजन प्लान्ट लामो समयदेखि बन्द रहेकामा केही दिनदेखि सञ्चालनमा ल्याइए पनि पाटन अस्पतालको प्लान्ट भने अझै सञ्चालन हुन नसकेको जानकारी दिइयो ।
वीर अस्पतालको प्लान्टबाट दैनिक १५० सिलिन्डरसम्म अक्सिजन उत्पादन हुने बताइएको छ । पाटन अस्पतालले अन्य अस्पतालको तुलनामा सङ्क्रमणको जोखिममा रहेका सुत्केरीलाई सेवा उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ । संसदीय टोलीले कोभिडका बिरामीको उपचारका लागि कुनै कसर बाँकी नराख्न सुझाव दिँदै अस्पताललाई परेको समस्या समाधानका लागि संसद्ले पहल गर्ने भएकाले लिखितरुपमा सुझाव उपलब्ध गराउन निर्देशन दिएको थियो ।
टोलीमा सदस्य देवेन्द्रराज कँडेल, लालबाबु पण्डित, प्रेम सुवाल, महेश्वरराज गहतराज र तीर्था गौतम सहभागी थिए । समितिले आफ्नो सुशासनको कार्यक्षेत्रको पाटोबाट अस्पतालबाट हालको परिस्थितिमा उपलब्ध सेवा र भोगिरहेका समस्याबारे जानकारी लिने उद्देश्यले अनुगमन कार्य प्रारम्भ गरेको हो । समितिले केही दिनभित्रै अन्य अस्पतालको समेत निरीक्षण गर्ने छ ।















निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया