विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन प्राधिकरणको निर्देशन

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्राधिकरणले दोस्रो चरणको कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाउँदै सेवाग्राहीको आवतजावत कम गर्न सकेसम्म महसुल भुक्तानीलगायतका सेवा यथासम्भव विद्युतीय माध्यमबाट व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
प्राधिकरणले अनुमति प्राप्त सबै सेवाप्रदायक कम्पनीलाई कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा प्रवाहलाई निरन्तरता दिन आज नौ बुँदे निर्देशन दिएको हो । प्राधिकरणमा कार्यरत आठ कर्मचारीको दोस्रो चरणको कोरोना सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको छ ।
प्राधिकरणको सबै काम अनलाइनमार्फत सञ्चालन भएपछि सेवाप्रदायक कम्पनीलाई समेत सकेसम्म वर्क फर्म होम (घरबाट नै काम) को व्यवस्था मिलाउन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार प्राधिकरणले सेवाप्रदायक कम्पनीलाई नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाह गर्न, प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्नसमेत निर्देशन दिएको छ ।
यस्तैगरी कर्मचारीलाई समूहमा विभाजन गरी समूह/समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य गर्ने वातावरण मिलाउन, सङ्क्रमण देखिएका कर्मचारीको कोरोना परीक्षण गर्न तथा कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाउन, कोभिड–१९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि व्यवस्थापन समूह गठन गरी सक्रिय बनाउन तथा प्राधिकरणबाट यसअघि जारी गरिएका निर्देशनको समेत परिपालना गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
















उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया