स्वास्थ्य सेवा विभागको टोलीद्वारा महाकाली अस्पतालको अनुगमन
मेरोन्यूज
२०७८ वैशाख १५ गते २१:३८

कञ्चनपुर : स्वास्थ्य विभागका महानिर्देशक दीपेन्द्ररण सिंहसहितको उच्चस्तरीय टोलीले आज महाकाली अस्पतालको अनुगमन गरेको छ । टोलीले अस्पतालको वस्तुस्थितिबारे जानकारी लिएको छ ।
टोली प्रमुख श्रेष्ठलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोनाको जोखिम बढ्दै गएका बेला अस्पताल बिरामीले भरिएको बताए । “आवश्यक जनशक्तिको अभाव छ”, उनले भने, “अक्सिजन, भेन्टीलेटरलगायतको अभाव रहेको छ, यसको पूर्ति गरिदिनु पर्यो ।”
महानिर्देशक सिंहले २०० श्ययाको अस्पताल भएकाले क्षमतानुसार जनशक्ति र अक्सिजनलगायतको व्यवस्था मिलाइने बताए । टोलीले आजै पश्चिमी सीमानाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कको समेत अनुगमन गरेको छ । रासस
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया