शनिबार, वैशाख १२, २०८३

कोभिडविरुद्धको खोप कार्यक्रम स्थगित

मेरोन्यूज २०७८ वैशाख १५ गते २२:४०

काठमाडौं । सरकारले कोभिडविरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ । बिहीबारदेखि लागू हुने गरी अहिले चलेको पहिलो र दोस्रो डोज खोप लगाउने कार्यक्रम स्थगित गरेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाले जनाएको छ।

Advertisement
NiccNicc

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले कोभिडविरुद्धको खोप कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित भएको बताए । पछिल्ला केही दिन यता काठमाडौँ उपत्यकामा भेरोसेलको पहिलो डोज र कोभिडसिल्डको दोस्रो डोज लगाउने कार्यक्रम सञ्चालन गरेको थियो ।

पछिल्लो समय कोभिडको खोप लगाउनका लागि खोप केन्द्र भएको भीडका कारण संक्रमणको जोखिम बढाएको भन्दै आलोचना समेत भइरहेको थियो।

प्रतिक्रिया