पूर्व रानी आइसियूमा भर्ना, पूर्व राजाको अवस्था सामान्य
मेरोन्यूज
२०७८ वैशाख १६ गते १०:३४

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी पूर्व रानी कोमल शाह आइसियूमा भर्ना भएकी छन् । अक्सिजनको मात्रा कम भएपछि उनलाई आइसियूमा सारिएको हो ।
‘‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएर अक्सिजन कमी भएपछि आइसियूमा सारिएको हो, अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ,’ उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । अस्पतालका अनुसार उनलाई बाँकी स्वास्थ्य समस्या भने देखिएको छैन ।
सोही अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । पूर्व राजा शाहलाई अक्सिजन दिएको छ भने प्रेरणलाई अक्सिजन दिनु परेको छैन ।
पूर्वराजा शाह १० दिन लामो भारत भ्रमणबाट फर्किएको केही दिनमै उनको दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित

















राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
सांसदहरूलाई रविको चेतावनी – ‘राइट टु रिकल’को व्यवस्था कडाइका साथ लागू हुन्छ
पुराना दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ दिन पनि कुर्नेवाला छैनन् : सभापति लामिछाने
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतिक्रिया