भारतमा एकैदिन झण्डै ४ लाखमा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ वैशाख १६ गते १०:५७
काठमाडौँ । भारतमा एकै दिन करिब ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । समाचारमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ७९ हजार १६४ जनामा कोरोना पुष्टि भएको हो ।
बुधबार पुष्टि भएको कोरोना संक्रमितको आँकडा भारतमा देखिएको अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि मंगलबार सबैभन्दा बढी ३ लाख ६२ हजारमा कोरोना पुष्टि भएको थियो ।
यसका साथै भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ६४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो दुई दिन भारतमा कोरोना संक्रमणबाट लगातार ३ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।
यसैबीच बुधबार एकैदिन २ लाख ७० हजारभन्दा बढी मानिस कोरोनाबाट निको भएर घर फर्किएको समाचारमा जनाइँएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक करोड ५० लाख ७८ हजार पुगेको छ । एजेन्सी
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया