सोमबार, फागुन ११, २०८२

बीएण्डसी मेडिकल कलेजले मेची अस्पताललाई भेन्टिलेटर प्रदान गर्ने

मेरोन्यूज २०७८ वैशाख १६ गते ११:१९

काठमाडौँ । प्रस्तावित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दूर्गा प्रसाईँले कोभिड –१९ सङ्क्रमितका उपचारमा सहयोग पुर्‍याउन मेची अस्पताललाई एकथान भेन्टिलेटर उपकरण प्रदान गर्ने जानकारी दिएका छन् उनले भने“ विपद्का समयमा सरकारी स्वास्थ्य सेवालाई हामी सबै मिलेर सुदृढ बनाउनु पर्छ, यसैले ६५ लाख बराबरको भेन्टिलेटर मेची अस्पताललाई प्रदान गर्दैछु ।

Advertisement
nepal life insurencenepal life insurence

”उनका अनुसार बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ५० भेन्टिलेटर उपकरण छ । ती मध्ये पाँच÷छ वटामा मात्र बिरामी छन् । समाजसेवी प्रसाईँले आज प्रेश विज्ञप्ति मार्फत् राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई ती भेन्टिलेटर राखेर उपचार सेवामा प्रदान गर्न आफू तयार रहेको जानकारी दिए ।

उनले विज्ञप्तिमा भने “ विपद्का समयमा राज्यले के दियो र के गर्‍यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो , यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन , आफूसँग भएका श्रोत र साधन प्रदान गर्न तयार छु ।”कोरोना महामारीलाई ध्यान दिँदै अस्पतालले अत्याधुनिक आइसीयू तथा भेन्टिलेटर सहित २५ श्या छुट्याएको छ । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार अस्पतालले कोरानाका बिरामीलाई उपचारमा उच्च प्राथमिकता दिँदै उपचार सेवा प्रदान गरेको छ ।

बुधबार मात्र एक कोराना सङ्क्रमित बिरामीलाई काठमाडौँबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनका अनुसार काठमाडौँका कोरानाका बिरामीले भेन्टिलेटरका लागि अस्पतालमा सम्पर्क गर्नेक्रम निरन्तर जारी रहेको छ । ……रासस

प्रतिक्रिया