निषेधाज्ञाको पहिलो दिनमै सुनको मूल्य वृद्धि
मेरोन्यूज
२०७८ वैशाख १६ गते ११:२५
काठमाडौँ । काठमाडौँ उपत्यकासहित केही जिल्लामा आजदेखि निषेधाज्ञा हुँदै गर्दा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
महासंघका अुनसार बुधबार तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा सुरु भएको पहिलो दिन नै सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।
निषेधाज्ञाका बीच अहिले विवाहको सिजन भएकाले सुनको मूल्य बढेको हो । यस्तै बिहीबार तेजाबी सुन तोलामा ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी चाँदीको मूल्य तोलामा १३१५ रुपैयाँमा कारोबार तोकिएको छ ।……रासस
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया