नयाँ पुनर्बीमा कम्पनी खोल्न बीमा समितिद्वारा प्रस्ताव

काठमाण्डौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी खोल्न आग्रह गरेको छ । समितिले आज बिहिबार सार्वजनिक सूचना जारी गर्दै निजि क्षेत्रको थप १ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिन प्रस्ताव गरेको हो ।
समितिले पुनर्बीमा कम्पनी व्यवसायलाई प्रतिस्पर्धी, प्रभावकारी र क्षमता बनाउनका लागि निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी खोल्न इच्छुक व्यक्ति तथा लगानीकर्ता व्यवसायीलाई आग्रह गरेको सूचनामा उल्लेख छ । आज बिहीबारको २१ दिन भित्र सिलबन्दी प्रस्ताव पेश गर्न बीमा समितिले सूचना प्रकाशित गरेको छ ।
पुनर्बीमा कम्पनीको चुक्त्ता पुँजी प्रस्ताव गर्दा कम्तीमा १० अर्ब रुपैयाँ हुनुपर्ने उल्लेख छ । प्रस्तावकले यसअघि नै नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेको भए त्यस्तो लगानीकर्ताको प्रस्ताव अमान्य हुने समितिले उल्लेख गरेको छ ।प्रस्तावित पुनर्बीमा कम्पनीका लागि प्रस्ताव पेस गर्दा यस समितिबाट जारी गरिएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को परिच्छेद ३ को बुँदा नम्बर ९ मा व्यवस्था भए बमोजिमका संस्थापना तथा दर्ता सम्बन्धी प्रावधानमा उल्लेखित बुँदा समेत समावेश गरेको हुनुपर्ने सूचनामा दिइएको छ ।
प्रस्तावकले पेस गरेका प्रस्ताव मध्ये समितिबाट तयार हुने मूल्यांकनका आधारमा उच्चतम अंक प्राप्त गर्ने एक प्रस्तावकलाई मात्र छनोट गरिने समितिले उल्लेख गरेको छ । समितिले यस अघिका प्रस्ताब भने रद्द गरेको छ । ति कम्पनीले फेरी प्रस्ताव गर्न सक्नेछन् ।

















ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया