राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा बलियो

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक सरकारी स्वामित्वमध्य सबैभन्दा बलियो देखिएको छ । नेपाल राष्ट्र बैंकले गत मंगलबार ६६ औं वर्ष पुगेको अवसरमा जारी गरेको प्रतिवेदन अनुसार सरकारी कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य बैंकमा धेरै मापकमा राम्रो देखिएको छ ।
खुद मुनाफा, वितरणयोग्य मुनाफा, प्रति सेयर आम्दानी, व्यवसाय विस्तार, निक्षेप संकलन र कर्जा लगानीमा बलियो स्थानमा राष्ट्रिय बाणिज्य बैंक रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको नौं महिनामा राष्ट्रिय बाणिज्य बैंकले ३ अर्ब २७ करोड खुद मुनाफा आर्जन गरेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंककोे वितरणयोग्य मुनाफा ३ अर्ब ४ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।
सोही समयमा राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब ४० करोड निक्षेप संकलन गरि १ अर्ब ६७ करोड कर्जा प्रवाह गरेको छ भने नेपाल बैंकले १ अर्ब ५१ करोड निक्षेप संकलन गरि १ अर्ब २७ करोड कर्जा प्रवाह गरेको छ । यस्तै प्रति सेयर आम्दानीमा ४७ रुपैयाँ ४७ पैसा कायम गरी राष्ट्रिय बाणिज्य बैंक पहिलो स्थानमा रहेको छ ।
यद्यपी जगेडा कोषको आधार र कम खराब कर्जा भएकोमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । जसको १६ अर्ब ८४ करोड रुपैयाँ जगेडा कोष छ भने खराब कर्जा अनुपात २ दशमलब २९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया