लकडाउन उल्लघंन गर्ने झण्डै १५ सय जना कारबाहीमा

काठमाडौँ । आजदेखि लागु भएको काठमाडौँ उपत्यकाका लकडाउन (निषेधाज्ञा) उल्लंघन गर्ने एक हजार ४५७ जनालाई प्रहरीले कारबाही गरेको छ । विना काम सडकमा निस्किएको भन्दै उनीहरूलाई कारबाही गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । मास्क नलगाई हिँड्ने, विना काम हिँड्ने लगायतलाई होल्ड गरेको प्रहरीले जनाएको छ । कारबाही पर्नेमा ३२० वटा दुई पांग्रे र ४१ वटा चार पांग्रे सवारी साधनसमेत रहेका छन् ।
प्रहरीले लकडाउनलाई कडाई गर्नका लागि काठमाडौंमा ४४, ललितपुरमा ८ र भक्तपुरमा चार स्थानमा चेकपोइन्ट राखिएको छ । लकडाउनको कार्यान्वयनका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।
बिहीबारदेखि लागू हुने लकडाउन एकसातासम्म कायम गरेसँगै मन्त्रिपरिषद्ले थप एक साता थप्ने निर्णय गरेको थियो ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया