अस्पतालबाट सांसद शाहीले भने : म पार्टी निर्णयप्रति प्रतिबद्ध छु

काठमाडौँ । बुधबार अस्पताल भर्ना भएका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले घटनाबारे विज्ञप्ति जारी गरेका छन् । उनले आफू बेहोस भएर अस्पताल भर्ना भएको जानकारी दिँदै विज्ञप्ति निकालेर हुन् ।
सांसद शाही आफूविरुद्ध समाचार र सामाजिक सञ्जालमा भ्रामिक खबर प्रचार नगरिदिन अनुरोध गर्दै आफू पार्टीको निर्णयप्रति प्रतिबद्ध भएको बताएका छन् । उनले भने, ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा मेरो सहभागिता रहेकाले ती निर्णयहरुप्रति मेरो सहमति र पार्टी निर्णयप्रति प्रतिबद्ध छु ।’
सांसद शाही राष्ट्रिय जनमोर्चाको तर्फबाट गण्डकी प्रदेशअन्र्तगत बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पार्टीले मुख्यमन्त्रीविरुद्ध छलफल गरी अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेरेको थियो । अन्तिम बैठक बस्ने तयारी हुँदै गर्दा उनी अस्पताल भर्ना भएका थिए ।
हिजो बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्तावबारे छलफल गरी मतदान हुने तय भएको थियो । सोही क्रममा सदनमा जानका लागि तयारी हुँदै गर्दा आफ्नो स्वास्थ्य अवस्था अचानक बिग्रिएर अस्पताल भर्ना भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘बैशाख १५ गते सदनको कार्यसूची बमोजिम मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने थियो । तर, सदनमा जाने तयारी गर्दै गर्दा अचानक विरामी भई भाइलाई सम्पर्क गरी उपचारका लागि अस्पताल जाने क्रममा बेहोस भएछु,’ विज्ञप्तिमा उनले भने, ‘अहिले म उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महशुस गरेको छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका प्रश्नबारे स्पष्ट गर्ने छु ।’

याे पनि पढ्नुहोस्
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया