लकडाउनको पहिलो दिन : काठमाडौंमा १ हजार ८४ सवारीसाधन कारबाहीमा

काठमाडौं । निषेधाज्ञाको पहिलो दिन काठमाडौंमा १ हजार ८४ वटा सवारी साधन कारबाहीमा परेका छन् । नयाँ भेरियन्टको कोरोना रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको नियम उलंघन गर्ने १ हजार ८४ सवारी साधन कारबाहीमा परेका हुन् ।
४ सय ९ वटा चार पाङग्रे र ६ सय ७५ वटा दुई पाङग्रे गरी १ हजार ८४ वटा सवारी साधनहरुलाई होल्डमा राखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । मेरोन्यूजसँग ज्ञवालीले भने ‘काठमाडौं जिल्ला भित्र मात्रै ४ सय ५ जना व्यक्ति, गाडी ४ सय ९ वटा र ६ सय ७५ वटा मोटरसाईकल र स्कुटरलाई होल्डमा राखेका छौं ।’
काठमाडौं जिल्लामा मात्रै एक दिनमा २७ सय जना सुरक्षाकर्मीहरु खटाईएको एसएसपी ज्ञवालीले बताए । उनले भने,‘हामिले तिन सिफ्ट गरेर प्रहरी परिचालन गरेका छौं, प्रत्यक सिफ्टमा ९ सय जना गरी एक दिनमा २७ सय जना सुरक्षाकर्मीहरु खटाएका छौं ।’ नयाँ भेरियन्टको कोरोना तिव्ररुपमा वृद्धिभएसँगै उपत्यकामा २ हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया