दिपक मनाङे
ठमेलमा हप्ता असुलीदेखि युवा तथा खेलकूद मन्त्रीसम्म

काठमाडौं । २०५०/५१ सालतिर ठमेल भनेकै मनाङेको हो भन्दै अफवाह फैलाएर हप्ता असुली गर्ने व्यक्तिको नाम राजिव गुरुङ उर्फ ‘दिपक मनाङे’ हो । तर उनी आजबाट गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री भएका छन् । मन्त्रालय सम्म फुटाएर उनी मन्त्री बनेका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिमण्डल विस्तार गरी मनाङेलाई मन्त्रीमा नियुक्त गरे । आफूविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरूङले लामो समयसम्म अपराधिक घटनामा सक्रिय रहेका मनाङेलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मनाङेको राजनीतिक यात्रा
उनको राजनीतिको प्रारम्भ कमल थापा नेतृत्वको राप्रपाबाट भएको थियो । उनी २०७३ पुस २८ गते राप्रपामा प्रवेश गरेका थिए । राप्रपा हँदै उनी २०७४ असोजमा एमालेमा प्रवेश गरेका थिए । सुरूमा एमालेबाट प्रदेश सांसदमा सिफारिसमा परेका मनाङले पछि टिकट पाएनन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । मनाङको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट १ हजार ४१० मतका साथ उनी विजयी भएका थिए । उनका प्रतिस्पर्धी कर्म गुरूङले १ हजार २० मत ल्याएका थिए ।
मनाङेको अपराधिक यात्रा
मनाङे ५०/५१ सालतिर ठमेल भनेकै मनाङेहरूको हो भन्ने अफवाह फैलाउँदै हप्ता असुली गर्ने गर्थे । ०६० साल पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा पक्राउ परेका मनाङे २०६५ साल फागुनमा पक्राउ परे ।
त्यसपछि उनी २०७० मा नेपाली सेनाका एक मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परे । उनीविरुद्ध काठमाडौंका सिडियोले ६ महिना कैद सजाय सुनाएपछि अदालतले समेत एक वर्ष थप कैद सजाय सुनाएको थियो । १ वर्ष ६ महिना जेल बसेर छुटेका मनाङेका लागि पक्राउ पर्नु र छुट्नु सामान्य जस्तै भएको थियो ।
दीपक मनाङ्गेले लिए पद तथा गोपनीयताको सपथ
महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका थुनामा बसिसकेको अनुभव मनाङेसँग छ । स्थानीय तह चुनावमा समेत प्रहरीले मनाङेलाई पक्राउ गरेको थियो ।
ठेक्कापट्टा गर्न थालेका मनाङेले होटल, रेस्टुरेन्ट र डान्सबार खोलेर कालो धनलाई सेतो बनाउन लगानी गरेको प्रहरी अधिकारीले बताउँदै आएका थिए । १५ करोड रूपैयाँ बराबरको अकूत सम्पत्ति जम्मा गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीविरूद्ध विशेष अदालतमा मुद्दासमेत हालेको थियो तरपछि उनले सफाइ पाए ।
विभिन्न अपराधिक घटनामा संलग्न भएसँगै नेपाल प्रहरीले तयार पारेको गुण्डा लिस्टको ‘ए’ ग्रेडको पहिलो नम्बरमा रहेका गुण्डा नाइके मनाङे आजबाट युवा तथा खेलकूद मन्त्री बने ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
प्रतिक्रिया