पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
मेरोन्यूज
२०८२ चैत २६ गते २१:४३

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आफ्ना लेबनानी समकक्षी नवाफ सलाम सँग टेलिफोन वार्ता गरेका छन्।
वार्तापछि जारी गरिएको विज्ञप्तिमा पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले इजरायलले गरिरहेको निरन्तर आक्रमणको इस्लामावादले ‘कडा निन्दा’ गरेको उल्लेख गरेको छ। विज्ञप्तिमा थपिएको छ कि, लेबनानी प्रधानमन्त्रीले ‘लेबनान’ र त्यहाँका जनतालाई लक्षित गरी भइरहेका आक्रमणहरू तत्काल रोक्नका लागि पाकिस्तानको सहयोग मागेका छन् ।
अमेरिका र इरानबीच भर्खरै भएको युद्धविराममा लेबनान समावेश छ कि छैन भन्ने विषयमा अन्योल सिर्जना भएको छ। वासिङ्टनले लेबनान समावेश नभएको बताएको छ भने वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानले भने लेबनान पनि यसैमा समेटिएको दाबी गर्दै आएको छ। इरानले पनि लेबनान सम्झौताभित्रै अनिवार्य रुपमा पर्नुपर्ने माग गर्दे आएको छ ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
प्रतिक्रिया