गेटा मेडिकल कलेजमा कोरोना उपचार केन्द्र बनाइने

काठमाडाैं । नयाँ भेरियन्टकाे काेराेना संक्रमण तीव्र बन्दै गएपछि सरकारले धनगढीस्थित गेटा मेडिकल कलेजमा काेराेना उपचार केन्द्र स्थापना गर्ने भएकाे छ ।
उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टकाे पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगाेपाल श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँगकाे छलफलबाट गेटा मेडिकल कलेजकाे भवनमा तत्काल कोरोना उपचार केन्द्र बनाउने निर्णय भएकाे हाे ।
संघीय सरकार मातहत संचालन हुने उक्त उपचार केन्द्र आगामी हप्ता नै कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला कोभिड-१९ सकंट व्यवस्थापन केन्द्रको जिम्मा लगाइने छ। उहाँहरूबीच काेराेना संक्रमितकाे उपचारका लागि अक्सिजनकाे कुनै पनि अभाव हुन नदिनेतर्फ काम गर्ने विषयमा पनि छलफल भएकाे थियाे ।
भेटमा सुदूरपश्चिम प्रदेशमा आवश्यक स्वास्थ्य सामग्री र जनशक्ति तत्काल उपलब्ध गराउने विषयमा छलफल भएकाे मन्त्री भट्टका स्वकिय सचिव हितेष ओझाले जानकारी दिए ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया