कोभिडविरुद्धको खोप उपलब्ध गराउन रूसी महासङ्घ सकारात्मक
मेरोन्यूज
२०७८ वैशाख १६ गते २१:५१

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासङ्घका राजदुत अलेक्सेइ नोभिकोभले आज भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गरेका थिए ।
राजदुत नेभिकोभसहितका प्रतिनिधिले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए । भेटमा दुईपक्षीय सम्बन्धका अन्य आयामका साथै दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिन बारे पनि छलफल भएको थियो ।
सम्बन्धित













प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त
यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय
चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया