राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

टीकापुर । करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ ।
गत वर्षको तुलनामा १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको यस अवधिमा ३९ करोड २० लाख राजश्व सङ्कलन गरेको हो ।
आन्तरिक कारोबारमा बढोत्तरी, करदाताको सङ्ख्यामा वृद्धि र कोरोना सङ्क्रमणका कारण गत वर्ष सङ्कलन नभएको कर यस वर्ष सङ्कलन भएका कारण प्रगति देखिएको हो । आव २०७६/०७७ को सो अवधिमा २५ करोड, ३६ लाख, ६७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।
“गत वर्षको तुलनामा यस वर्ष राजश्व सङ्कलनमा प्रगति देखिएको छ”, करदाता सेवा कार्यालय लम्कीका प्रमुख सेतबहादुर शाही भन्छन्, “कोरानाका कारण आन्तरिक कारोबारमा बढोत्तरी भएको छ । यसका साथै करदाताको सङ्ख्यामा वृद्धि र गएको आर्थिक वर्षमा कोरोनाका कारण सङ्कलन नभएको कर यस आर्थिक वर्षमा सङ्कलन भएको छ । यसले राजश्व वृद्धिमा सघाएको छ ।”
कार्यालय प्रमुख शाहीकाअनुसार सबैभन्दा बढी आयकर शीर्षकबाट २० करोड ८७ लाख १ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
मूल्य अभिवृद्धि कर शीर्षकमा १२ करोड ९९ लाख १३ हजार रुपैयाँ राजश्व सङ्कलन हुँदा अन्तः शुल्क शीर्षकमा तीन करोड ६८ लाख २० हजार रुपैयाँ जम्मा भएको छ ।
उनले भने, “करले देश विकासमा सघाउने भएका कारण सबैलाई करको दायरामा आई कर तिर्न अनुरोध गरिरहेका छौं । यस वर्ष लामो समयसम्म कर नतिरेका नागरिकलाई केही छुट दिएर कर तिर्नसमेत अनुरोध गरेका कारण राजश्व बढेको छ ।”
सरकारले निश्चित वर्षको कर छुट गरेपछि लामो समयदेखि विविध कारणले कर नतिरेका नागरिक करको दायरामा आएका छन् । (रासस)














सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया