डोल्पामा पुरातात्विक मूर्ति चोरी

जाजरकोट । डोल्पाको काइके गाउँपालिका–१ टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक महत्वका मूर्ति हराएका छन् ।
मन्दिरमा रहेका त्रिकाल बुद्धका दुई थान मूर्ति हराएको वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले जानकारी दिए । उपल्लो डोल्पामा बहुमूल्य मूर्तिी हराउने क्रम बढेसँगै चिन्तासमेत बढाएको छ ।
तीन÷चार सय वर्ष पहिला राखिएका उक्त मूर्ति हराएको अध्यक्ष लामाले बताए । चैत २४ गते स्थानीयवासीले मन्दिरमा पूजा गरेर फर्किएर फेरि मङ्गलबार घेगा पर्वको अवसरमा लिङ्गो चढाउन जाँदा मन्दिरको ढोका खुला देखेर हेर्न जाँदा मूर्ति हराएको पत्ता लागेको अध्यक्ष लामाले जानकारी दिए ।
मूर्ति खोजी गरिदिन प्रशासनसँग स्थानीयवासीले गुहार मागेपछि बुधबार नै प्रहरी घटनास्थलतर्फ पठाएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए ।
बीस वर्ष पहिले पनि यहाँका मूर्तिहरू हराएको तर भोलिपल्टै मन्दिरको नजिकै फेला परेको प्रजिअ ढकालले बताए । अहिले हराएका मूर्ति सबैभन्दा ठूलो भएको बताइएको छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया