कोभिड संक्रमण वृद्धि दर : विश्वभरमै नेपाल अति खराब अवस्थामा
दैनिक १ सय ४९ जनाको ज्यान जानसक्ने दावी

काठमाडौ । पछिल्लो समय नेपालमा कोभिड एक जनाबाट अर्को जनामा सर्ने दर विश्वमै खराब अवस्थामा पुगेको पाइएको छ ।
गत साताको तुलनामा यो साता २ सय २८ प्रतिशतको दरले कोरोना संक्रमण बढेको स्वास्थ्य मन्त्रालयमा तथ्यांक विश्लेषण गर्दै डा. अर्चना श्रेष्ठले जानकारी दिइन् । ‘नेपाल पनि अब छिटै नै भारतको जस्तै कोरोना माहामारीको मोड लिदैछ,’उनले भनिन् ‘भारतमा भन्दा नेपालमा टेष्ट पोजेटीभ रेट बढी देखिएको छ ।’
संक्रमित अनुपातमा कोभिडको पहिलो वेव भन्दा दोस्रो खराब देखिदै आएको उनको भनाइ छ । उनले भनिन्, ‘ जसरी भारतमा मृत्युदर बढेको देखिन्छ ,हाम्रोमा पनि त्यस्तै मृत्यु हुनेको संख्या चाडो माथि गइरहेको छ ।’
पछिल्लो समय नेपालमा बढ्दै गएको संक्रमण दर नरोकिने हो भने अबको एकदेखि तीन महिनामा नै पहिलो वेबको जति संक्रमित देखिने र दैनिक १ सय ४९ जनाको ज्यान जानसक्ने उनको दावी छ । उनले भनिन्,‘कोभिड संक्रमण वृद्धि दर विश्वभरमै नेपाल अति खराब अवस्थामा छ यही दरमा संक्रमण फैल्ने हो र हामीले नियन्त्रण गर्न सकेनौँ भने अबको एक महिनादेखि तीन महिनाभित्र नै दैनिक १ लाख ९३ हजार कोरोना संक्रमित थपिने देखिएको छ ।’










आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया