रुपन्देहीमा आइसियूको प्रतिक्षा गरिरहेका कोरोना संक्रमितको वार्डमै मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १७ गते १२:२८

काठमाडौँ । लु्म्बिनी प्रादेशिक अस्पतालमा आइसियूको बेड नपाएर एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा आइसियू बेड अभाव हुँदा अस्पतालको इमर्जेन्सी वार्डमै बुटवल ११ का ८३ वर्षीय पुरुष मृत्यु भएको हो ।
गत १५ गते इमर्जेन्सीमा भर्ना भएका उनको कोरोना परीक्षण गर्दा १६ गते संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि हुँदा पनि अस्पतालमा आइसियू बेड खाली नहुँदा उनी एक दिनदेखि आइसियूको प्रतिक्षामा थिए ।
अक्सिजनको सहायतमा राखिएको उनको आज बिहान करिब साढे ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देही कोरोना संक्रमणबाट मृत्यु हुने संख्या एक सय ८८ पुगेको छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया