डा. बाबुराम भट्टराईको वीर अस्पतालमा ट्युमरको सर्जरी हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको आज न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ । । शल्यक्रियाका लागि डा.भट्टराई बिहीबार वीर अस्पताल भर्ना भएका थिए । सर्जरी वीर अस्पतालमा बरिष्ठ सर्जन डा सुवोध अधिकारीको नेतृत्वमा हुँदैछ ।
शल्यक्रियाको नेतृत्व गर्दै गरेका डा।अधिकारीले डा. भट्टराईको छिटै ट्युमरको सर्जरी गर्नु पर्ने भएकोले नै कोभिडको महामारीको बेलामा पनि केही समय नपर्खी यो शल्यक्रिया गर्न आटिएको बताए । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि डा भट्टराईले भारतको दिल्लीमा परीक्षण गराएका थिए । बायोप्सी, पेट सिटिस्क्यान सहितका परीक्षणपछि त्यहाँका चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए ।
तर त्यहाँका चिकित्सकहरुले डुडेनममा भएको सो ट्युमर भने छिटै फाल्नुपर्ने सुझाव दिएका थिए । सोही सुझाव अनुसार नै आज शल्यक्रिया गर्न लागिएको हो ।















निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया