हेटौँडा अस्पतालमा ‘आइसीयु’ र भेन्टिलेटर सेवा सुरु

हेटौँडा । हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालमा स्थापना गरेको आइसीयु र भेन्टिलेटर सेवाको आज शुभारम्भ गरेका छन् ।
मुख्यमन्त्री पौडेलले कोभिड–१९ सङ्क्रमित बिरामीहरुलाई तत्काल उपचार गर्न आइसीयु, भेन्टिलेटर र दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ उपलब्ध गराउने बताए । उनले उपचार सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन चिकित्सकलाई निर्देशन दिए ।
प्रतिष्ठानले हेटौँडा अस्पताल परिसरभित्र १६ शैय्याको सघन उपचार कक्ष र ६ शैय्याको भेन्टिलेटर कक्षको स्थापना गरिएको हेटौँडा अस्पतालका डा सागर काफ्लेले जानकारी दिए । रासस







यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया