भेरीमा थपिएका २२७ कोरोना संक्रमितमध्ये तीन जनाको मृत्यु

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थपिएका हुन् । तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै करीब ५० प्रतिशत नयाँ संक्रमित छन् । संक्रमितको सङ्ख्या बढेसँगै भेरी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको छ ।
अस्पतालका अनुसार गए राति थप तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ की ५७ वर्षीया महिला, बढैयाताल गाउँपालिका–७ बर्दियाकी ४७ वर्षीया महिला र गोदावरी नगरपालिका–११ कैलालीका ६२ वर्षीय पुरुष रहेका छन् ।
बिहीबार बाँकेका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये १२ जनाको मृत्यु भएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बाँकेका नौ, कैलालीका दुई र बर्दियाका एक जनाको मृत्यु भएको हो । रासस
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया