विप्लबका दाजु चितवनबाट रिहा
मेरोन्यूज
२०७८ वैशाख १७ गते १९:१९

चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर रिहा भएका छन् । जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।
उनलाई आज नै जिल्ला अदालत पश्चिम नवलपरासीसमक्ष बुझाइएको थियो । “हाम्रा साथीले उहाँलाई नवलपरासी (सुस्ता पश्चिम) को अदालतमा छाडेर आउनुभयो, त्यहाँबाट उहाँ रिहा हुनुभयो”, काफ्लेले भने ।
पहिला रु २५ हजार धरौटी बुझाएर छुट्न नमानेकामा अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख काफ्लेले बताए । स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई विसं २०७७ असोज २८ गते चितवन कारागार ल्याइएको थियो ।
अघिल्लो पटक कोभिड भई कमजोर बनेका उनकाे घाँटी र पेटमा समस्या देखिएको थियो ।
सम्बन्धित
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया