कैलालीका एक युवाले तयार पारे ‘पोर्टेबल माइक्रो भेन्टिलेटर’

धनगढी । लामो समय पिपिई सेट लगाएर कोरोना सङ्क्रमितको उपचारमा खटिँदा स्वास्थ्यकर्मीमा समस्या आइरहेको तपाईं हामीले सुनेका देखेका छौं । अब ती समस्याको समाधान गर्न कैलालीका एक युवाले स्वास्थ्यकर्मीले प्रयोग गर्न मिल्ने ‘पोर्टेबल माइक्रो भेन्टिलेटर’ निर्माण गरेका छन् ।
युवा प्रविधि अनुसन्धानकर्ता काइचो ग्रुपका सदस्य घोडाघोडी नगरपालिका–१० पहलमानपुरका २६ वर्षीय सुमन पौडेलले सो उपकरण तयार गरेका हुन् । उनले स्वास्थ्यकर्मीले पिपिई लगाएको समयमा स्वच्छ हावा लिई काम गर्न मिल्ने गरी सो उपकरण बनाएका हुन् । उनले भने, “मैले कारोनाका बिरामीको सहज उपचारमा सहयोग पु¥याउन नयाँ उपकरण तयार गरेको हुँ ।”
उपकरणलाई ‘श्वास’ नाम दिइएको छ । उपकरण कोभिड–१९ महामारीका बेला अग्रपङ्क्तिमा रहेरमा काम गर्ने स्वास्थ्यकर्मीको श्वासप्रश्वासमा समस्या नआवोस् भनेर निर्माण गरिएको हुनाले श्वास नाम दिइएको उनले बताए । पिपिई सेट लगाएर लामो समयसम्म काम गर्नुपर्ने स्वास्थ्यकर्मीलाई स्वच्छ हावा मुखसम्म पु¥याउन सो उपकरणले मद्दत गर्ने छ ।
उपकरणको प्रयोगले स्वास्थ्यकर्मीहरूलाई लामो समयसम्म बिरामीको सेवामा जुट्न सहयोग गर्ने उनले जानकारी दिए । उपकरण प्रयोग गर्दा आफूलाई पिपिई लगाएर काम गर्न पहिले जस्तो अप्ठ्यारो नलागेको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कार्यरत नर्स सुस्मा विकले बताइन् ।
सामान्य अवस्थामा पिपिई लगाएर काम गर्दा भन्दा पोर्टेबल भेन्टिलेटर लगाएर काम गर्दा आफूलाई सहज अनुभव भएको उनको भनाइ छ । यस उपकरणमा हावा फिल्टर गर्न एन नाइन्टी फाइभ माक्सको प्रयोग गरिएको छ । ब्याट्रीको प्रयोगबाट सञ्चालित उक्त उपकरण एक पटक चार्ज गरेपछि चार घण्टासम्म प्रयोग गर्न सकिने जनाइएको छ ।
बढ्दो महामारीको अवस्थामा आफूहरूले सस्तो सुलभ किसिमले सबैले सेवा लिन सकुन भनेर उपकरण बनाएको र छिट्टै विभिन्न स्थानमा रहेको कोरोना अस्पतालदेखि लिएर सम्पूर्ण अस्पतालमा प्रदान गर्ने पौडेलको भनाइ छ ।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया