कैलालीका एक युवाले तयार पारे ‘पोर्टेबल माइक्रो भेन्टिलेटर’

धनगढी । लामो समय पिपिई सेट लगाएर कोरोना सङ्क्रमितको उपचारमा खटिँदा स्वास्थ्यकर्मीमा समस्या आइरहेको तपाईं हामीले सुनेका देखेका छौं । अब ती समस्याको समाधान गर्न कैलालीका एक युवाले स्वास्थ्यकर्मीले प्रयोग गर्न मिल्ने ‘पोर्टेबल माइक्रो भेन्टिलेटर’ निर्माण गरेका छन् ।
युवा प्रविधि अनुसन्धानकर्ता काइचो ग्रुपका सदस्य घोडाघोडी नगरपालिका–१० पहलमानपुरका २६ वर्षीय सुमन पौडेलले सो उपकरण तयार गरेका हुन् । उनले स्वास्थ्यकर्मीले पिपिई लगाएको समयमा स्वच्छ हावा लिई काम गर्न मिल्ने गरी सो उपकरण बनाएका हुन् । उनले भने, “मैले कारोनाका बिरामीको सहज उपचारमा सहयोग पु¥याउन नयाँ उपकरण तयार गरेको हुँ ।”
उपकरणलाई ‘श्वास’ नाम दिइएको छ । उपकरण कोभिड–१९ महामारीका बेला अग्रपङ्क्तिमा रहेरमा काम गर्ने स्वास्थ्यकर्मीको श्वासप्रश्वासमा समस्या नआवोस् भनेर निर्माण गरिएको हुनाले श्वास नाम दिइएको उनले बताए । पिपिई सेट लगाएर लामो समयसम्म काम गर्नुपर्ने स्वास्थ्यकर्मीलाई स्वच्छ हावा मुखसम्म पु¥याउन सो उपकरणले मद्दत गर्ने छ ।
उपकरणको प्रयोगले स्वास्थ्यकर्मीहरूलाई लामो समयसम्म बिरामीको सेवामा जुट्न सहयोग गर्ने उनले जानकारी दिए । उपकरण प्रयोग गर्दा आफूलाई पिपिई लगाएर काम गर्न पहिले जस्तो अप्ठ्यारो नलागेको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कार्यरत नर्स सुस्मा विकले बताइन् ।
सामान्य अवस्थामा पिपिई लगाएर काम गर्दा भन्दा पोर्टेबल भेन्टिलेटर लगाएर काम गर्दा आफूलाई सहज अनुभव भएको उनको भनाइ छ । यस उपकरणमा हावा फिल्टर गर्न एन नाइन्टी फाइभ माक्सको प्रयोग गरिएको छ । ब्याट्रीको प्रयोगबाट सञ्चालित उक्त उपकरण एक पटक चार्ज गरेपछि चार घण्टासम्म प्रयोग गर्न सकिने जनाइएको छ ।
बढ्दो महामारीको अवस्थामा आफूहरूले सस्तो सुलभ किसिमले सबैले सेवा लिन सकुन भनेर उपकरण बनाएको र छिट्टै विभिन्न स्थानमा रहेको कोरोना अस्पतालदेखि लिएर सम्पूर्ण अस्पतालमा प्रदान गर्ने पौडेलको भनाइ छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया