दुलहा २५, दुलही १८ रोकियो विवाह

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ ।
बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाहमण्डपबाटै प्रहरीले दुलहा–दुलहीलाई नियन्त्रणमा लिएको थियो । दुलाहाको उमेर पुगेको भए पनि दुलहीको उमेर नपुगेको उजुरी प्रहरीसमक्ष आएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उमेर नपुगेकी दुलही र मकवानपुर जिल्ला बकैया गाउँपालिका–७ का दुलहाबीच शुक्रबार हुन लागेको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।
दुलाहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको उनको भनाइ छ । “दुलहाको उमेर २५ वर्ष र दुलहीको उमेर १८ वर्ष ६ महिना पुगेको पायौं”, उनले भने ।
दुवै पक्षले केटीको उमेर नपुगी विवाह नगर्ने सहमति गरेपछि दुलहा र दुलही दुवैलाई आ–आफ्नो अभिभावकको जिम्मा लगाएर प्रहरीले पठाएको छ । प्रहरीले बालविवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको छ ।














निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
राष्ट्रपति पौडेल जापान जाँदै
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया