सुदूरपश्चिमका आठ जिल्ला ‘पूर्ण खोप सुनिश्चित’ घोषणा, कैलाली बाँकी

बैतडी । बैतडीसहित सुदूरपश्चिमका आठ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा भएका छन् ।
‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्रदेशका आठ जिल्लालाई सो घोषणा गरिएको हो ।
प्रदेशको कैलालीबाहेकका अन्य आठ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । बैतडी, दार्चुला, बझाङ, डोटी, डडेल्धुरा, बाजुरा, अछाम र कञ्चनपुर पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् ।
कैलालीलाई पनि छिट्टै पूर्ण खोप सुनिश्चितता घोषणा गर्छौं”, उनले भने, “कैलालीलाई पनि पूर्ण खोप सुनिश्चितता घोषणाको तयारीमै छौं, बढ्दो कोरोना सङ्क्रमणका कारण प्रभावित भएको छ ।”
नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका तेस्रो संशोधन २०७७ अनुसार जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । बालबालिकालाई १२ थरिका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेपछि यहाँका आठ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
बच्चा जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाउने र छुटेका १६ देखि २३ महिना उमेर समूहका बालबालिकालाई जिल्लाको समय तालिकाअनुसार खोपको मात्रा पुर्याइसकेपछि मात्र जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिन्छ । (रासस)
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया