भारतको एक कोभिड अस्पतालमा आगोलागी, १६ जनाले गुमाए ज्यान
मेरोन्यूज
२०७८ वैशाख १८ गते ११:२२

काठमाडौँ । भारतको गुजरात राज्यस्थित एक अस्पतालमा आगोलागी हुँदा १६ जना विरामीको जलेर मृत्यु भएको छ । पटेल वेलफेयर कोविड अस्पतालमा शुक्रबार राति भीषण आगोलागी भएको हो ।
अस्पतालका सूचना अधिकारी जुबेर पटेलले १४ जना विरामी र २ जना नर्सको आगोलागीमा जलेर मृत्यु भएको जानकारी दिएका छन् । यस अस्पतालमा थप ५० जना विरामी भर्ती रहेका थिए । अस्पतालमा आगो लागी भएपछि बाँकी विरामीलाई अन्य अस्पतालमा भर्ना गरिएको छ ।
घटनापछि गुजरातका मुख्यमन्त्री विजय रूपानीले दुःख व्यक्त गरेका छन् । उनले मृत्युु हुनेप्रति समवेदना प्रकट गर्दै पीडित परिवारलाई ४ लाख रुपैयाँ भारु दिने घोषणा गरेका छन् । घटना विद्युत सर्ट भएर लागेको हुन सक्ने समाचारमा जनाइएको छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया