अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने

काठमाडौँ । टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकामा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना संक्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न पहल भइरहेको जानकारी दिए । “अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजन लेभल कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ”, उनले भने ।
राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र ८० शै्ययाको हुने नगरपालिकाले जनाएको छ । नपाले कोरोना संक्मित बिरामीको उपचारका लागि वडा नं २ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी राख्ने व्यवस्था गरेको छ । पहिलो चरणमा कोरोना संक्रमणका बिरामीको उपचार गरेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमणको उपचार गर्नेसमेत जनाएको छ ।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ५० बिरामीको उपचार गर्न मिल्नेछ । यस्तै नपाले दोस्रो चरणको कोरोनाबाट गम्भीर रहेको बिरामीको उपचारका लागि स्थानीय तहभित्रका निजी अस्पतालसँग सहकार्य गर्ने भएको छ ।
उक्त नगरपालिकाले ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासी, ग्रीनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल तथा प्रसूति गृह गोँगबुसँग टोखाभित्रका सङ्क्रमित बिरामीलाई उपचारका लागि सहजीकरण गर्ने नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले बताए । उत्तरमा नुवाकोटसँग सिमाना जोडिएको टोखामा ११ वडा रहेका छन् । रासस










एनपीएल कान्तिपुर म्याक्सबाट लाइभ हुने
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
Nepal enters semifinals of Blind Women’s Cricket Tournament
जलवायु न्यायको लागि विश्वव्यापी प्रदर्शन
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया