मेरो कमजोरीप्रति आत्मालोचित छु, सच्याउने प्रयास गर्छु : बामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका नेता बामदेव गौतमले आफूबाट केही कमी कमजोरी भएको भन्दै आत्मालोचना गरेको बताएका छन् । १३२ औँ श्रमिक दिवसको अवसरमा आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञप्ति पेश गर्दै उनले आत्मालोचना गरेको बताएका हुन् ।
‘मबाट पनि यसबीच केही कमजोरी र गल्ती भएका छन्, आफ्ना गल्ती र कमी कमजोरीप्रति आत्मालोचित छु तिनलाई सच्याउन लागि परेको पनि छु,’ नेता गौतमले भने, ‘भविष्यमा सबै क्रमश: स्पष्ट हुँदै जाने छ ।’
उनले आजकै दिन संगठित सर्वहारा वर्गले आफ्नो रगतको आहालमा उभिएर संसारभरिका आततायी पूँजीपतिहरूका विरुद्ध सफलता घोषणा गरेको दिन भएको बताएका छन् । मे दिवसकै बाटोमा दृढतापूर्वक अगाडि बढेर नेपाली श्रमजीवी वर्गले ऐतिहासिक सफलता प्राप्त गरेको उल्लेख गर्दै उनले श्रमजीवी वर्गका नेताहरू सत्ता स्वार्थ प्रेरित हुँदा आन्दोलन छियाछिया भएको बताए ।
‘सत्तामा बसेकाहरूको गतिविधिलाई रोक्न सकिएन भने प्रतिगमन प्रतिस्थापित हुनेछ, ऐतिहासिक उपलब्धि समाप्त हनेछन् र नेपालीको उज्ज्वल भविष्य जोडिएको सवृद्ध समाजवादमा पचासौँ वर्षसम्म पर्दा लाग्नेछ,’ उनले भने । यस अवसरमा उनले कम्युनिस्ट आन्दोलनमा लागेका सबै नेता–कार्यकर्ताहरूले आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित गर्दै पुनः एकताबद्ध हुने बेला आएको बताए ।

















कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु
बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै
Woman murdered by husband
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया