चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने
मेरोन्यूज
२०७८ वैशाख १८ गते १५:१६

काठमाडौं । चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले कोरोनाका बिरामीलाई अक्सिजन अभाव नहोस भन्नका लागि नेपालको आग्रह पछि चीनले २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्न लागेको बताए ।
उनले भने “अबको १० दिनसम्ममा नेपालमा २० हजार थान अक्सिजन सिलिन्डर आइपुग्छ । ”चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुसँग आयोजना गरेको सामूहिक छलफलका क्रममा नेपाललाई ५० लाख आरएमबी (९ करोड १८ लाख बढी) को बराबरको स्वास्थ्य सामग्री दिने घोषणा गरेको थियो ।
यसैगरी ,गत साता सरकारले नेपालका अक्सिजन उद्योगका प्रतिनिधिहरुको छलफल पछि २० हजार थान सिलिन्डर खरीद गर्ने र त्यसको सोधभर्ना सरकारले गरिदिने बताएको थियो ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया