सरकारले संक्रमितको उपचार गर्न नसक्ने विषयमा चिकित्सक संघको ध्यानाकर्षण

काठमाडौं । सरकारले अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको बताएपछि नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले शनिवार विज्ञप्ति जारी गदै नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै भएको हुँदा कोभिडको महामारीमा नेपाल सरकार, स्वास्थ्य मंत्रालयका आफ्नो दायित्वबाट पन्छिन नमिल्ने उल्लेख छ ।
‘महामारीको संक्रमण बढदै गइरहेको सुरुकै अवस्थामा श्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारी संग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड बिरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढनु आजको आवश्यकता हो,’ विज्ञप्ति उल्लेख छ ।
संघले यस महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झैँ आवश्यक सहयोग र सहकार्य गर्न आफूहरु तयार रहेको पनि स्पष्ट पारेको छ ।
प्रेस बिज्ञप्ति
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०७८।०१।१७ गते सर्व साधारणका नाममा गरेको अपीलमा स्वास्थ्य प्रणालिले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न, अस्पताल शैया उपलव्ध गराउन नसकिने भै सकेको छ भनि सूचना प्रेषित गरेकोमा नेपाल चिकित्सक संघको गंभीर ध्यानाकर्षण भएको छ । नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै भएको हुँदा कोभिडको महामारीमा नेपाल सरकार, स्वास्थ्य मंत्रालय आप्mनो दायित्वबाट पन्छिन नमिल्ने नेपाल चिकित्सक संघको ठहर छ । महामारीको संक्रमण बढदै गईरहेको शुरुकै अवस्थामा श्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारी संग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड बिरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढनु आजको आवश्यकता हो ।
संक्रमितहरुको उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयम् नै संक्रमित हुँदै गईरहेको अवस्था सर्वविदितै छ । उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्य सम्म उपचार दिन सक्ने वातावरण तथा जनशक्तिको उचित ब्यवस्थापन गर्न नेपाल चिकित्सक संघ, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग जोडदार माग गर्दछ ।
नेपाल चिकित्सक संघ यस महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक सहयोग र सहकार्य गर्न सँधै तत्पर रहेको व्यहोरा समेत जानकारी गराउँदछौं ।
डा. लोचन कार्की डा. बद्री रिजाल
अध्यक्ष महासचिव














सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया