स्वास्थ्यमन्त्रीकाे भिडियाे सन्देश
काठमाडौंमा काेराेना संक्रमितकाे उपचारका लागि १ हजार बेड थपिदै
स्वास्थ्यमन्त्री त्रिपाठी भन्छन्- कोरोना उपचारमा सरकार जिम्मेवार छ
मेरोन्यूज
२०७८ वैशाख १८ गते १९:५६

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको उपचार तथा नियन्त्रणका लागि सरकार जिम्मेवार रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै मन्त्री त्रिपाठीले कोरोनाको उपचार तथा नियन्त्रणका लागि सरकार जिम्मेवार रहेको बताएका हुन् ।
दोस्रो लहरको संक्रमण जटिल रहेपनि आतंकित हुन नपर्ने र कोरोना उपचारका लागि आवश्यक पर्ने औषधि, अक्सिजन लगायतका सामग्री केही दिनमा नै नेपाल ल्याइने उनले जानकारी दिए । कोरोनाको उपचारको जिम्मा सरकारले लिएको भन्दै भोलिदेखि नै कोभिडको उपचारका लागि काठमाडौं उपत्यकामा थप १ हजार बेड सञ्चालनमा ल्याइने बताए ।
उनले कोरोना नियन्त्रणका सवालमा कहींकतै त्रुटी भएको र त्यसको नैतिक जिम्मेवार आफूले लिएकाे बताए ।
सम्बन्धित













यी हुन कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्तामा नमिलेका विषय
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया