स्वास्थ्यमन्त्रीकाे भिडियाे सन्देश
काठमाडौंमा काेराेना संक्रमितकाे उपचारका लागि १ हजार बेड थपिदै
स्वास्थ्यमन्त्री त्रिपाठी भन्छन्- कोरोना उपचारमा सरकार जिम्मेवार छ
मेरोन्यूज
२०७८ वैशाख १८ गते १९:५६

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको उपचार तथा नियन्त्रणका लागि सरकार जिम्मेवार रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै मन्त्री त्रिपाठीले कोरोनाको उपचार तथा नियन्त्रणका लागि सरकार जिम्मेवार रहेको बताएका हुन् ।
दोस्रो लहरको संक्रमण जटिल रहेपनि आतंकित हुन नपर्ने र कोरोना उपचारका लागि आवश्यक पर्ने औषधि, अक्सिजन लगायतका सामग्री केही दिनमा नै नेपाल ल्याइने उनले जानकारी दिए । कोरोनाको उपचारको जिम्मा सरकारले लिएको भन्दै भोलिदेखि नै कोभिडको उपचारका लागि काठमाडौं उपत्यकामा थप १ हजार बेड सञ्चालनमा ल्याइने बताए ।
उनले कोरोना नियन्त्रणका सवालमा कहींकतै त्रुटी भएको र त्यसको नैतिक जिम्मेवार आफूले लिएकाे बताए ।
सम्बन्धित















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया