अमेरिकीसहित ६ देशका मुद्राको भाउ बढ्यो

काठमाण्डौं । लकडाउनको बेला पनि अमेरिकी लगायत ६ वटा देशको विदेशी मुद्रा सटहीदर आज आइतबार बढेको छ । अमेरिकी डलर १ को खदिरदर १ सय १८ रुपैयाँ २० पैसा छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ८० पैसा रहेको छ ।
यस्तै महंगो भएको क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ २८ पैसा खरिद रहेको छ भने ९६ रुपैयाँ ७७ पैसा बिक्रि मुल्य तोकिएकोे छ । जापानिज ऐन प्रति १० बराबर १० रुपैयाँ ८५ पैसा बिक्रिदर १० रुपैयाँ ९१ पैसा रहेर महंगो भएको राष्ट्र बैंकले जनाएको छ । चाइनिज युयन पनि महंगो हुँदा १ युयनको खरिद १८ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ३७ पैसा कायम भएर सटहीदर रहेकोे राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिदबिक्रिदरमा कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ४६ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ६३ पैसा कायम रही महंगो भएको छ । यस्तै महंगो भएको युएइ दिराम १ को खरिद मूल्य ३२ रुपैयाँ १८ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ६४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अन्य सबै राष्ट्रको मुद्रा सटहीमा गिरावट आएको छ । सस्तो हुनेमा युरो १ को खरिदद १ सय ४२ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर १ सय ४३ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६४ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर १ को खरिद मुल्य ९१ रुपैयाँ ८१ तोकिएको छ भने बिक्रिदर ९२ रुपैयाँ २८ पैसा छ । यस्तै सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ ३ पैसा छ भने बिक्रीदर ८९ रुपैयाँ ४८ पैसा रहेको छ । साउदी अरबियन रियाल १ कोे खरिद मूल्य ३२ रुपैयाँ ८८ पैसा र बिक्रि मूल्य ३३ रुपैयाँ ५ पैसा रहेको छ । यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ ८० र बिक्रि मूल्य २८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
साउथ कोरियाको कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ६४ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । लकडाउनका कारण अधिकांश वाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज भएपनि खुला भएका कम्पनीमा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
क्रिकेटर करण केसीले गरे बिहे
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया